नेपालमा तालमेलको राजनीति असफल भइसक्यो : गगन थापा

‘भर्खरै सम्पन्न विशेष महाधिवेशनको मुख्य विषय भनेकै १ सय ६५ निर्वाचन क्षेत्रमा कांग्रेसका मतदाताले रुखमा मात्र मत हाल्ने भन्ने छ । यसमा तलमाथि हुँदैन ।’

काठमाडौँ — भर्खरै मात्र नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा परम्परागत निर्वाचन क्षेत्र काठमाडौं–४ छाडेर चुनाव लड्न मधेश झरेका छन् । यसपटक उनी सर्लाही–४ बाट प्रतिनिनिसभा सदस्यमा उम्मेदवार छन् । तीनपटकसम्म प्रत्यक्ष निर्वाचित भएको उपत्यकाको क्षेत्र छाडेर सर्लाहीबाट चुनाव लड्ने उनको निर्णयलाई लिएर थरीथरीका टिप्पणी भइरहेका छन् ।

SHIKHAR COOL TECH

सर्लाही–४ मा थापाका विरुद्ध पूर्वकांग्रेसी अमरेशकुमार सिंह रास्वपाबाट प्रतिस्पर्धामा छन् । थापाको निर्णयलाई केहीले जोखिमपूर्ण बताइरहेका छन् । कसै–कसैले मधेशमा कांग्रेसको साख फर्काउने कदमका रूपमा पनि व्याख्या गरिरहेका छन् । केही दिनदेखि सर्लाही–४ मै मतदातासित भेटघाटमा व्यस्त गगन थापासित कान्तिपुरकर्मी शिव पुरीले गरेको कुराकानी :

तीन–तीनपटकसम्म चुनाव जिताएको काठमाडौं–४ छाडेर सर्लाही–४ रोज्नुको कारण के होला ? कतै नयाँ दलले हराउँछन् भन्ने डर त होइन ?

काठमाडौं–४ मा तीनपटक उम्मेदवार बनेर निर्वाचित भएँ । मेरा लागि पहिलो निर्वाचन मात्र सजिलो थियो । दोस्रो र तेस्रो प्रतिस्पर्धा मेरालागि प्रतिकूल थिए । तर, यसपटक काठमाडौंबाटै लडेको भए चुनाव जित्न सहज हुने मेरो बुझाइ थियो । नयाँ–पुराना सबै दलले काठमाडौंमा अन्तिम समयसम्म उम्मेदवार खोज्नुपर्ने स्थिति बन्यो, त्यसबाट नै काठमाडौं मेरा लागि अनुकूल थियो भन्ने पुष्टि हुन्छ । यसका लागि म पार्टीका साथीहरू र खासगरी मतदाताप्रति कृतज्ञ छु । यो फेरि सजिलो र गाह्रोको कुरा पनि भएन ।

नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी निर्वाह गरिरहँदा मैले राष्ट्रिय दृष्टिकोण राख्नुपर्छ । तर, मसँग अहिलेसम्म पहाडको दृष्टिकोण मात्र थियो । पहाडिया परिवारको मान्छे । उतै जन्मेहुर्केकाले राजधानी मेरो सहर भयो । कर्मभूमि पनि त्यही भयो । तर, एकपटक फरक गर्नुपर्छ भन्ने मनमा पहिलेदेखि लागिरहन्थ्यो । यसपटक आफूलाई मधेशमा नडुबाईकन, एकपटक मधेशको नभईकन र मधेशलाई महसुस नगरीकन सिंगो देशको भावलाई एकैपटक बोक्न सक्दिनँ भन्ने लाग्यो । त्यसैले सजिलो र गाह्रोको हिसाब किताब नगरीकन मधेश झरेको हुँ ।

मधेश जान्छु र मधेशकै प्रतिनिधित्व गर्छु भनेर निर्णय लिएँ । आगोमा हात हाल्छु भन्ने सोचेरै सुझबुझका साथ मधेश आएको हुँ । यो निर्णय जोखिमपूर्ण हुन सक्छ भन्ने मलाई थाहा छ । सर्लाहीमा सजिलो छैन भन्ने बुझेरै आएको हुँ । कठिन भए पनि काम गर्नुपर्छ भनेरै आएको हुँ ।

सर्लाही नै किन रोज्नु भयो ? यसको पछाडिको बलियो आधार के हो ?

गत निर्वाचनबाटै काठमाडौंबाहिर मधेशमा झर्ने कि भन्ने मनमा सोच थियो । त्यतिबेला पनि अन्तिम समयमा रोकिएको हुँ । सामान्य कुराकानी हुने क्रममा साथीहरूले सर्लाही–४ आउनूस् भन्नु भएको थियो । यस्तो निर्णय लिनका लागि पहिले त पार्टी तयार हुनुपर्थ्यो । सर्लाहीको पार्टी नेतृत्वले पनि मलाई यहाँ आउनुपर्छ भन्यो । त्यसपटक मैले आँट गर्न सकिनँ ।

त्यतिबेला एकैचोटि नयाँ ठाउँमा जाने आँट आएन ।
यसपटक आफूलाई मधेशमा नडुबाईकन, एकपटक मधेशको नभईकन र मधेशलाई महसुस नगरीकन सिंगो देशको भावलाई एकैपटक बोक्न सक्दिनँ भन्ने लाग्यो । त्यसैले सजिलो र गाह्रोको हिसाब किताब नगरीकन मधेश झरेको हुँ ।लामो छलफल गर्ने समय मिलेको भए, अन्य क्षेत्रहरूबारे सोच्ने ठाउँ रहन्थ्यो होला । मलाई मधेश झर्नुपर्ने बेला सर्लाही–४ ले पनि बोलायो । ठ्याक्कै मिलेको कुरा यत्ति हो । त्यसैले म यहाँ आएँ ।

कांग्रेसको आधिकारिक पक्षको विषय अदालतमा विचाराधीन छ । यसलाई कसरी हेर्नुभएको छ ?

अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा धेरै टिप्पणी गर्नु उपयुक्त हुँदैन । अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ । सम्मानित अदालतले अस्ति निर्णय गर्दा जे विषय उठाएको छ, त्यसका आधारमा र अदालतले एक तहको निर्णय सुनाइसकेपछि स्वयं पार्टीको विशेष महाधिवेशनकै बारेमा प्रश्न उठाउने साथीहरू पनि अहिले उम्मेदवार बनेर चुनावमा होमिसक्नु भएको छ ।

यी दुईवटा विषयसँगै राखेर हेर्दा यो विषय टुंगिसक्यो भन्ने ठान्छु । यद्यपि, टुंग्याउने काम अदालतको हो । अर्कोतर्फ हिजो हामी विशेष महाधिवेशनको पक्ष–विपक्षमा थियौं । कोही अदालतमा गयौं, कोही बाहिर बस्यौं । अब यी सबै विषय टुङ्ग्याउनु पर्छ भन्ने ठान्छु । त्यसको निम्ति म प्रयासरत छु । अदालततिर भन्दा पनि निवर्तमान सभापतिलगायत सबै साथीहरूलाई एकै ठाउँ जोड्ने प्रयास गरिरहेको छु । त्यसले सार्थकता पनि पाउला ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षधरलाई छानीछानी टिकट दिनुभएन भन्ने आरोप छ । तपाईं त प्रतिशोध साध्नु हुँदैन, लोकतान्त्रिक मूल्य मान्यता अनुसार अघि बढ्नुपर्छ भन्नुहुन्थ्यो । अनि टिकट वितरणमा प्रतिशोध किन नि ?

यो आरोप सत्य होइन । पटक्कै प्रतिशोध साँधिएको छैन । यसपटक निर्वाचनको चर्चा सुरु भएदेखि लामो समयसम्म एउटै निर्वाचन क्षेत्रमा लड्दै आएका उम्मेदवारले कि निर्वाचन क्षेत्र छाड्नुपर्छ, हैन भने नयाँ क्षेत्रमा जानुपर्छ भनेर अडान लिँदै आएको थिएँ । पूर्वमहामन्त्री विश्वप्रकाश शर्माले ‘कुलिङ अफ पिरियड’ लिनुपर्‍यो । तीनपटक चुनाव लडेर दुई पटक पराजित भएँ, एकपटक जितेँ, अब अर्को साथीले मौका पाउनुपर्‍यो भनेर उहाँले नै छोड्नुभयो ।

एउटै साथी, एउटै क्षेत्रमा अनन्तकालसम्म चुनाव लडेको लड्यै गर्ने । अनि बीचमा अर्को साथीले मौका पाउँदा भने अन्याय भयो, प्रतिशोध भयो भन्ने हो भने बाहिरका कुनै पनि साथीले मौका पाउँदैनन् । यसपटक सकभर उम्मेदवार नदोहोर्‍याऊँ भनेर सशक्त रुपमा वैकल्पिक उम्मेदवार तयार भएको ठाउँमा नयाँलाई अवसर दिएका छौं । जहाँ वैकल्पिक उम्मेदवार तयार छैनन्, त्यहाँ पुराना नेताले उम्मेदवारका रूपमा निरन्तरता पाउनु भयो ।

उदाहरणका लागि मोरङ–६ मा डा. शेखर कोइराला, सुनसरी–४ मा ज्ञानेन्द्र कार्की, धनुषा–३ मा विमलेन्द्र निधि । त्यसो भए त उहाँहरूप्रति प्रतिशोध लिनुपर्ने हो नि, तर त्यहाँ उहाँहरूको उम्मेदवारी स्वाभाविक भयो । त्यहाँ वैकल्पिक उम्मेदवार थिएनन् । कसैको पनि सिरियस दाबेदारी थिएन । हामीले यसपटक यसरी नै हेरेका हौं ।

कार्यकर्ता भेटघाटमा तपाईंको नागरिकताको कुरा पनि सुनियो । यहाँलाई बाहिरको मानिस भनेका हुन् ? किन नागरिकता खोजेका रहेछन् ?

मेरो पार्टीका साथीहरूले मलाई केही भन्नु भएको होइन । प्रतिस्पर्धी उम्मेदवारले आरोप लगाउँदै गर्दा पार्टीका साथीले जवाफ दिनुपरेको वा मेरो बचाउमा बोल्नु परेको विषयमा कसैले मलाई केही भन्नु भएको छैन । पार्टीका साथीहरूले यो विषय ल्याइहाल्नु भयो भने वा समग्र नेपालको सन्दर्भमा हामीले एउटै दृष्टिकोण निर्माण गर्नुपर्छ भनेर साथीहरूसमक्ष मैले नै यस विषयमा भनेको हुँ ।

सर्लाही–४ मा कत्तिको अप्ठ्यारो महसुस गर्नुभएको छ ?

चुनावलाई कहिल्यै सजिलो ठान्ने गरेको छैन । अहिलेसम्म पार्टीभित्र, पार्टीबाहिर, विद्यार्थी संगठनका चुनावमा सहभागी भएँ । तेह्रौं महाधिवेशनमा पार्टीको महामन्त्री लड्दै गर्दा एकपटक चुनाव हारेको हुँ । त्यसबाहेक सबै निर्वाचनमा विजय प्राप्त गर्ने अवसर मिल्यो । तर, कुनै पनि चुनावलाई सजिलो ठानिनँ ।

चुनावमा प्रतिस्पर्धा गर्दैगर्दा धेरै साथीहरूले जितिन्छ, हाम्रो जित भइसक्यो भनेर अग्रिम बधाई दिने गर्नु हुन्थ्यो । त्यसका पछाडि पनि मेरो सैद्धान्तिक विचार छ । चुनावमा जित्यो–जित्यो भनेर जानु भनेको मतदातालाई हेप्नु हो । मतदातासित पावर हुन्छ । त्यसैले सोलिड वा गढ भनेको क्षेत्र पनि मतदाताले भत्काइदिन सक्छन् । त्यसैले काठमाडौंमा पनि प्रत्येक निर्वाचनमा अप्ठ्यारोमा छु, जोखिममा छु, कमजोर छु भन्ने ठानेरै मिहिनेत गरेँ । त्यसमाथि सर्लाही त नयाँ ठाउँ हो ।

तर, मेरा लागि सर्लाही ठाउँ नयाँ भए पनि भूगोल नयाँ होइन । यहाँका कतिपय कुरा मेरा लागि बिलकुलै नयाँ छन् । यसमा धेरै च्यालेन्जहरू पनि छन् । पहिलेभन्दा मिहिनेत गर्छु, मुख्य कुरा ‘इलेक्सन’ जित्नुभन्दा पहिले जनताको विश्वास जित्नुपर्छ ।

मधेश कांग्रेसको पनि गढ हो । मधेश आन्दोनलपछि गढ धर्मराएजस्तो भएको छ । त्यसलाई यहाँले कसरी हेर्नु हुन्छ ?

त्यसमा कसैलाई दोष दिएर हुँदैन । हामी नै त्यसमा दोषी हौं । मधेश आन्दोलन एक प्रकारले कांग्रेसप्रतिको असन्तुष्टि थियो । कांग्रेसले मधेशको मुद्दा बोक्नु पर्थ्यो, बोकेन । जसले गर्दा नयाँ पार्टीहरू सिर्जना भए । नयाँ आन्दोलन भए । लगत्तै हामीले आफूलाई सच्याएनौं । मधेशले उठाएको मुद्दा हल गर्ने हामी भएकाले त्यसलाई ‘क्लेम’ गरेर हामी मधेशका हौं भनेर आउनु पर्ने ठाउँमा तर्कियौं । आफूले आफैंलाई कमजोर ठान्यौं । त्यो ‘कम्लेक्स’ राखेर जोसँग पनि गठबन्धन गरिहाल्ने गर्‍यौं ।Politics of coordination has failed in Nepal: Gagan Thapa

कतिपय सन्दर्भमा मधेश केन्द्रित गठबन्धन गर्नुपर्‍यो । तालमेल गर्नुपयो ।
मेरा लागि सर्लाही ठाउँ नयाँ भए पनि भूगोल नयाँ होइन । यहाँका कतिपय कुरा मेरा लागि बिलकुलै नयाँ छन् । यसमा धेरै च्यालेन्जहरू पनि छन् । पहिलेभन्दा मिहिनेत गर्छु, मुख्य कुरा ‘इलेक्सन’ जित्नुभन्दा पहिले जनताको विश्वास जित्नुपर्छ ।सरकारमा सहभागी छ भने उसले मधेशकै मान्छेलाई राजदूतमा सिफारिस गरिहाल्छ त ! उसको भागमा परिहाल्यो, सक्किगो । हामीले एक प्रकारको आफैंले गल्ती गरिराखेका हुन्थ्यौं । यसलाई सच्याउन नै अहिले मेरो मधेशबाट उम्मेदवारी हो । पार्टी सभापति भएको मान्छे काठमाडौंबाहिर निस्कन्छु भन्दै गर्दा आजको दिनमा मसित अवसर नै अवसर छन् नि ! मलाई रोल्पाका साथीहरूले चुनाव लड्न बोलाए । तेहृथुम, सोलखुम्बु, कपिलवस्तुका साथीहरूले बोलाउनु भयो । तर, मैले मधेश राजेर आएको छु ।

हाम्रो नेता प्रदीप गिरीले भन्नुहुन्थ्यो, ‘खास मधेशमा पढाउने, मधेश चिनाउने कुराको सन्दर्भमा चाहिँ यो मधेशको माटोको सुगन्ध नेपाली कांग्रेसको नेतृत्वले बिर्सियो । यो सहर काठमाडौंको मात्र भयो । यो नारामा, भाषणमा मात्र फर्केर मात्र हुँदैन । नेपाली कांग्रेसको आत्मामा मधेश फर्काउन सकिएन भने यो टिक्दैन बाबु भुन्नुहन्थ्यो ।’ अब त्यो विश्वास फर्काउने प्रयास मैले गरिरहेको छु ।

अहिले मधेशमा चुनाव लड्दै गर्दा यहाँलाई भाषाको समस्या कत्तिको छ ?

म ८०/९० प्रतिशत मधेशको भाषा बुझ्छु । दिनमा धेरै यात्रा गरिरहने र मेरो टिममा रहेका मधेशका साथीहरू निरन्तर सम्पर्कमा राखेकाले पनि सँगै भाषा सिक्ने र संवाद गरिरहने प्रयास गरिरहेको हुन्छु । एकदमै ठूलो स्वरमा बोलीरहँदा गाली गरेजस्तै हुन्छ नि ! रिसमा, आवेगमा मानिसहरू छिटो बोल्छन् त्यो बेला चाहिँ क मिस गर्छु । नभए म मधेशको भाषा बुझ्छु । बोल्न चाहिँ मैले सिक्नुपर्ने छ । र म सिक्छु पनि । थोरै समय लाग्ला । आज मलाई अनुभव भयो । केही/केही कुराहरू बाहेक बाँकी मैले बुझ्ने रहेछु । तर भाषा पनि बोल्न जानेको भए मलाई दोहोरो संवाद गर्न रमाइलो हुन्थ्यो । कति मज्जाले कुरा राख्न सक्थेँ ।

केही दिनअघि झापामा कान्तिपुरकर्मीसितको कुराकानीका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँबाहेकका मुख्य दलसित तालमेलको सम्भावना बाँकी छ भन्नुभएको थियो । देउवा सभापति हुँदा तालमेल गरेर जाने गृहकार्यसमेत भएको थियो । तपाईंको दल नेपाली कांग्रेसले कुनै दलसित तालमेल गर्छ कि गर्दैन ?

डेमोक्रेसीमा निर्वाचनअगाडि राजनीतिक दलबीच तालमेल हुँदै नहुने भन्ने होइन । थुप्रै ठाउँमा तालमेल गरेर चुनाव लड्ने गरिएको छ । तर, नेपालको सन्दर्भमा तालमेलको राजनीति असफल भइसक्यो । किन कि हामीले ‘पोलिटिकल कल्चर’ निर्माण गर्न सकेनौं । चुनावको अगाडि को हार्छ को जित्छ भनेर तालमेल हुँदैन । जस्तै, भारतमा एनडीए र इन्डिया गठबन्धन भनेर हेर्‍यौं ।

जर्मनी जस्तो देशमा प्रमुख प्रतिपक्षी दल निर्वाचनअगाडि तालमेल गर्छन् । तालमेल गर्नुभन्दा अगाडि मुद्दामा महिनौंसम्म, वर्षौंसम्म छलफल गर्छन् । तालमेल गरिसकेपछि दलहरूबीच जतिसुकै झगडा भए पनि ५ वर्ष हलचल गर्दैनन् । किनकि, चुनावमा मतदाताले तालमेललाई मत दिएको हुन्छ । यता हामी चुनावपछि तालमेलमा बसेनौं । सबैले धोका दियौं ।

अब नेपालमा कुनै पनि राजनीतिक दलले तालमेल गरेर जान्छु भन्न मिल्दैन । किनकि, हामी चुकिसक्यौं । तर, पछिल्लो समयमा यो निर्वाचनको समयमा रातारात पार्टीहरू मिल्ने, त्यो पनि एक प्रकारको तालमेल हो । मेरो पार्टीहरूप्रति कुनै टिप्पणी छैन । तर आइडोलोजी के हो ? किन सँगै बसेको ? किन मिलेको ? भनेर यदि गहिरो वा गम्भीर प्रश्न, छलफल, बहस गरौं भनेर भन्यौं भने त्यो बहस गर्न कोही पनि मान्नुहुन्न । खालि मिल्नु परो, मिल्नु परो भनेर हुँदैन । हिजो हामीले पनि त्यस्तै गरेको हो ।

हिजो एमाले र माओवादी मिलेर नयाँ पार्टी किन बनाएको ? कांग्रेस–माओवादी मिलेर चुनाव लडेका थिए तर सरकार बनाउँदै गर्दा कांग्रेस–एमाले मिलेर बनाएका थियौं । हिजो हामी पुरानो पार्टी भन्नेले जे गरेर आयौं, आज नयाँ पार्टी त्यही गरिरहेका छन् । तालमेलको राजनीतिका लागि हामीले उन्नत राजनीतिक संस्कृति निर्माण गर्न सकेनौं । त्यसैले अब तालमेलको बाटो हामी हिँड्दैनौं ।

एमाले अध्यक्ष ओली र नेकपाका संयोजक पुष्पकमल दाहाललगायतले गगनजी अब तालमेल गरौं भनेर प्रस्ताव नै राख्नु भयो भने के गर्नुहुन्छ त ?

अरु पार्टीका नेताहरूको कुरा सम्मानपूर्वक सुन्ने कुरा त भइ नै हाल्यो । नेपाली कांग्रेसको महासमिति बैठकले निर्णय गरेको कुरा पनि छ । भर्खरै सम्पन्न विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएर आएको छु, त्यसको मुख्य विषय भनेकै १ सय ६५ निर्वाचन क्षेत्रमा कांग्रेसका मतदाताले रुखमा मात्र मत हाल्ने भन्ने छ । यसमा तलमाथि हुँदैन । त्यही विषयबाट सभापति निर्वाचित भएर आएको छु, त्यसैले उहाँहरूले पनि यो तालमेलको कुरा भन्नु हुन्छ जस्तो मलाई लाग्दैन । मेरो पोजिसन उहाँहरूले बुझ्नु भएको छ ।

निर्वाचन पछाडि ‘पोस्ट इलेक्सन’ एलायन्स भन्ने कुरा मुद्दाका आधारमा जोसित पनि गर्न सकिन्छ । सकेसम्म हामीले एकल बहुमत ल्याउने प्रयास गर्ने हो । अहिलेको निर्वाचन प्रणालीमा बहुमत आउने सम्भावना कम रहन्छ । त्यस बेलामा छलफल गर्ने, कुराकानी गर्ने, त्यसबेला हामी पुराना पार्टी हो, हामी यस्तो हो, हाम्रो फलानो पार्टीसित सम्बन्ध राम्रो छ, फलानोसित दुस्मनी छ, पार्टीहरूले यसरी भने सोच्नु हुँदैन । हाम्रो कसैसित प्रतिशोध छैन । मुधाका आधारमा भोलि सबैसित सहकार्य गर्ने कुरमा हामी सधैं खुला छौं ।

एउटा फरक प्रसंग, यहाँ पार्टी सभापति हुनु भएपछि शेरबहादुर देउवा, पुष्पकमल दाहाल, रास्वपाका सभापतिहरूले बधाई दिए कि दिएनन् ?

मेरो संवाद भएको चाहिँ पुष्पकमल दाहालसित हो । उहाँले फोन गरेर बधाई दिनुभएको हो । माधवकुमार नेपालले फोन गरेर बधाई दिनुभएको थियो । नेकपा एमालेका अध्यक्षज्यूले पनि फोन गर्नुभएको थियो । तर राम्रोसँग संवाद हुन सकेन । त्यसबाहेक अरूसँग संवाद भएको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार