नेपाली कांग्रेस कैलालीको युवा परिचालन समिति संयोजकमा नरेश कुँवरलाई जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस कैलालीले युवा परिचालन समिति संयोजकमा तरुण दल कैलालीका अध्यक्ष नरेश कुँवरलाई तोकेको छ। साथै, कांग्रेसले कैलाली निर्वाचन क्षेत्र नं. ५ को संयोजकको जिम्मेवारी पनि कुँवरलाई प्रदान गरेको छ।
पार्टीको संगठन सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउन कैलाली जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा युवाहरूलाई परिचालन गर्ने जिम्मेवारी उहाँकै नेतृत्वमा दिइएको छ।
यस सम्बन्धमा नेपाली कांग्रेस कैलालीले जानकारी दिएको हो। कांग्रेस कैलालीका जिल्ला सचिव निर्प बहादुर सुनारका अनुसार कुँवरलाई उक्त जिम्मेवारी तोकिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार