डडेल्धुरामा १२ वर्षदेखि अलपत्र मोटरेबल पुल

Call24News

डडेल्धुरा: डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ मा निर्माणाधीन एक मोटरेबल पुल १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । नवदुर्गा र गन्यापधुरा गाउँपालिकालाई जोड्ने सकायल खोलामा पुल निर्माणका लागि १२ वर्षअघि ठेक्का लगाइए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन ।

सडक डिभिजन कार्यालय कुलपाते, डोटीले चाँदनी कन्स्ट्रक्सन प्रालिलाई पुल निर्माणको जिम्मा दिएको भए पनि ठेकेदारले स्ल्याबसम्मको काम मात्र सम्पन्न गरेको छ । त्यसयता निर्माण कार्य अघि बढ्न सकेको छैन ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा सडक डिभिजन कार्यालय डोटीका प्रमुख र निर्माण कम्पनीका सञ्चालकलाई छलफलका लागि बोलाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार मंगलबार मतदानस्थल निरीक्षणका क्रममा पुलको अवस्था देखेपछि निर्माण सम्पन्न गराउन पहल सुरु गरिएको हो ।

स्थानीय नागरिकको निरन्तर खबरदारी र सञ्चारमाध्यममा आएका समाचारपछि गत वर्ष पनि प्रमुख जिल्ला अधिकारीले निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए । तर, त्यसपछि पनि पुल निर्माणले गति लिन नसकेको उनले बताए ।

२०८० सालमा निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला सकायल खोलामा आएको बाढीले निर्माणाधीन संरचना बगाएपछि पुल थप अलपत्र परेको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार