धनगढी:- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिम्पदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ आयोजना गर्ने भएको छ। माघ १ देखि ३ गतेसम्म बोराडाँडीस्थित जीएआरएस ट्रेडिङ परिसरमा सञ्चालन हुने उत्सवमा टाटाका अत्याधुनिक विद्युतीय सवारीसाधनको प्रदर्शन तथा टेस्ट ड्राइभको सुविधा उपलब्ध गराइनेछ।
उत्सवमा टियागो ईभी, पन्च ईभी, नेक्सन के–३ ईभी र कर्भ ईभी लगायतका लोकप्रिय मोडेलहरू प्रदर्शनीमा राखिने छन्। पुराना सवारीसाधन साटेर नयाँ विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकका लागि यो कार्यक्रम विशेष अवसर बनेको कम्पनीले जनाएको छ।
कार्यक्रमअन्तर्गत ग्राहकले उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क होम चार्जिङ बक्स (जडानसहित), आजिवन निःशुल्क DC फास्ट चार्जिङ तथा निःशुल्क वार्षिक सवारी कर जस्ता आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्।
टाटा मोटर्स धनगढीकी प्रतिनिधि करिना अन्सारीका अनुसार उत्सवस्थलमै सवारी अवलोकन र टेस्ट ड्राइभको व्यवस्था गरिएको छ। थप जानकारीका लागि ९८०१७२१५७१ नम्बरमा सम्पर्क गर्न सकिने उनले जानकारी दिइन्।यस्ता छन् अफरहरु





प्रतिक्रिया दिनुहोस्