वासुदेवी माविको ६१औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न, विभिन्न विधामा शिक्षक सम्मानित

धनगढी । वासुदेवी माध्यामिक विद्यालयको ६१औँ वार्षिकोत्सव तथा अभिभावक भेला २०८१ कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भागीराम चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री माननीय प्रकाश बहादुर बमले गरेका थिए । 

कार्यक्रममा पूर्व संघीय सांसद लक्ष्मी चौधरी विशिष्ट अतिथि थिए भने विद्यालयका पूर्व प्रधानाध्यापक, भलमन्सा, टोल विकास समितिका अध्यक्षहरु, सामुदायिक वनका अध्यक्ष, वर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा पूर्व पदाधिकारहरु, शिक्षक  अभिभावक संघका पदाधिकारी, अभिभावक, शिक्षक, कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक पद्मराज शर्मा उपाध्यायले दिनप्रतिदिन विद्यालय र विद्यार्थीको गुणस्तर सुधार हुँदै गएको उल्लेख गर्दै उक्त प्रगतिमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । 

कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । त्यस्तै सतप्रतिशत नतिजा ल्याउने शिक्षक, दीर्घ सेवा गर्ने शिक्षक र विद्यालयको काममा सक्रिय हुने शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र उत्कृष्ट वर्ष शिक्षक विधामा सम्मान समेत प्रदान गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार