धनगढी : धनगढीमा चिसो र शितलहर बढेसँगै प्रभावित नागरिकलाई लक्षित गर्दै निःशुल्क दाउरा वितरण गरिएको छ।
धनगढी उपमहानगरपालिकाको समन्वयमा डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको सहकार्यमा शहरका विभिन्न चोक–चोकमा दाउरा वितरण गरिएको हो।
डिभिजन वन अधिकृत राम बिचारी ठाकुरका अनुसार विकास निर्माणका क्रममा हटाइएका रुखका जरा तथा मक्किएका काठ संकलन गरी दाउराका रूपमा वितरण गरिएको हो। चिसोबाट बढी प्रभावित वृद्ध, विपन्न, असहाय तथा सडकमा बसोबास गर्ने नागरिकलाई राहत पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
स्थानीयवासीले चिसो मौसममा निःशुल्क दाउरा पाउँदा राहत महसुस गरेको प्रतिक्रिया दिएका छन्।




प्रतिक्रिया दिनुहोस्