ड्युटीमा अचेत भेटिएका प्रहरी हवल्दारको मृत्यु

 पोखरा । पोखरामा सुरक्षामा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

विशेष सुरक्षा योजनाअनुसार खटिएका प्रहरी हवल्दार ओमकुमार थापा पोखरा-१३ गौंडाकोमुखस्थित अचेत अवस्थामा भेटिएका थिए ।

Galaxy

ड्युटीमा अचेत अवस्थामा भेटिएका उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

नवलपुर विनय त्रिवेणी गाउँपालिका- ६ शिवपुरगढी घर भएका उनी जिल्ला अदातल समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्की दरबन्दी भएर हाल सीआरभी भद्रकालीमा कार्यरत थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार