धनगढी : कैलाली कारागारबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारगारबाट भागेका कैदीबन्दीहरु मध्ये मंगलबार साँझसम्म ३४ महिलासहित ३ सय १६ जना कारागार फर्किएको कैलाली कारागार प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए। ३ सय ४९ जना कैदीबन्दी अझै फर्किएका छैनन्। नफर्किका मध्ये १९ जना भारतीय नागरिक रहेको जनाइएको छ।
फर्र्किएकामध्ये धेरैजसो आफै सम्पर्कमा आएको बताउँदै उनले केहीलाई प्रहरीले पक्राउ गरि बुझाएको बताए । उनले भने ‘हामीले कैदीबन्दीलाई कारागार फर्कन सूचना पनि जारी गरेका छौँ, आउने क्रम जारी छ। सबैजना छिट्टै फर्किन्छन् भन्ने विश्वास छ।’ प्रहरीले पनि खोजीकार्य गरिरहेको उनले बताए।
कैलाली कारागारमा ६ सय ६७ जना कैदीबन्दी रहेका थिए। जसमध्ये ५८ जना महिला थिए। जेनजी आन्दोलनका क्रममा ६ सय ६५ जना कैदीबन्दी भागेको जनाइएको छ। एक जना उपचाररत रहेकाले भाग्न नपाएको तथा एकजना भने कारागारमै बसेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्