गौरीफन्टा नाकामा कडा चेकजाँच, परिचय खुल्ने कागजात अनिवार्य

धनगढी :  गौरीफन्टा नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीले चेकजाँचमा कडाइ गरेको छ।

एसएसबीले चेकजाँच कडा पारेपछि दसैंको किनमेलका लागि सीमावर्ती बजार वनगाव जान समस्या भएको छ। कैलाली र कञ्चनपुरको पुनर्वास क्षेत्रका स्थानीय किनमेलका लागि गौरीफन्टा नाका हुँदै वनगाव र पलिया जाने गर्छन्। तर अहिले भारतीय प्रहरी र कस्टमका कर्मचारीले चेकजाँचमा कडाइ गर्न थालेपछि नेपाली उपभोक्ताले सास्ती खेप्नु परेको गुनासो गरेका छन्।

Galaxy

नेपालको सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू सस्तो मूल्यमा सामान पाउने लालसा बोकेर भारतीय बजार जाने गर्छन्। तर जाँदा र आउँदासमेत सुरक्षा चेकजाँचका नाममा दुःख दिन थालिएको उनीहरूले बताएका छन्।

मङ्गलवार डोकेबजारमा भेटिएकी धनगढीको विशालनगर घर बताउने संगीता धामीले जाँदा र आउँदा नाकामा सास्ती भोग्नु परेको बताइन्। उनले एसएसबीले नागरिकता माग्ने गरेको र लाइन लगाएर सामान खानतलासी गरेको बताइन्।

यस्तै, सीमा क्षेत्रमै भेटिएका अतरिया घर बताउने प्रेमबहादुर साउँदले मोटरसाइकलको कागजपत्रदेखि नागरिकता समेत देखाउनु परेको बताए। उनले फर्किदासमेत कस्टमको कर्मचारीले अनावश्यक सामान चेकजाँच गरेर दुःख दिएको बताए।

गौरीफन्टा नाकामा भारतीय एसएसबीले पैदलयात्री, साइकयात्री र दुई पाङ्ग्रे सावारी लगेर जानेहरूलाई लाइन लागएर चेकजाँच गरेपछि मात्रै जान दिने गरेको छ।

वनगाव बजारमा आउँदा र जाँदा चेकजाँचमा कडाइ हुन थालेपछि नेपाली उपभोक्ताले समस्या भएको बताएका छन्। भारतीय एसएसबीले नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमतिपत्र जस्ता परिचय खुल्ने प्रमाणपत्र नभएको व्यक्तिलाई भारत प्रवेश गर्न दिएको छैन। भारतको सीमावर्ती बजारसम्म जानसमेत अनिवार्य पहिचान खुल्ने कागजपत्र साथमा बोकेको हुनुपर्ने नत्र एसएसबीले भारतीय भूमिमा प्रवेश गर्न रोक लगाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार