कैलालीमा दुई जनासहित लागूऔषध बरामद

धनगढी : कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

टिकापुर नगरपालिका–७ सत्ती बजार क्षेत्रमा पैदल हिँडिरहेका पदमपुर बस्ने ३० वर्षीय हिक्मत ठकुल्लालाई प्रहरीले चेकजाँच गरेको थियो। सो क्रममा उनको साथबाट ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेपछि इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

Galaxy

यस्तै, गोप्य सूचनाको आधारमा लम्कीचुहा नगरपालिका–६ बाकमाराबाट स्थानीय २५ वर्षीय गोबिन्द घर्ति मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पैदल हिँडिरहेका उनलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। उनीहरू दुवैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले नियन्त्रणमा राखेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार