धनगढी : सुदूरपश्चिम प्रदेशमा जेन्जी आन्दोलनको मौका छोपेर भागेका कैदीहरूलाई पक्राउ गर्न थालिएको छ। शुक्रवारसम्म करिब तीन सय कैदीहरू पक्राउ परेका छन्।
प्रदेश प्रहरी कार्यालयले शुक्रवार बिहानसम्म कारागारबाट भागेका २७८ बन्दीहरू पक्राउ परेको जनाएको छ। उनीहरू मध्ये कतिपय आफैं सम्पर्कमा आएका थिए भने धेरैजसोलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
गत मङ्गलवार र बुधबार सुदूरपश्चिमका ९ वटा कारागारमा एक हजार ७५४ बन्दी रहेकामा एक हजार ४५८ कैदीबन्दी भागेका थिए। शुक्रवार बिहानसम्म २७८ जना पक्राउ परेपछि हाल कारागारहरूमा ५६८ कैदीबन्दी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
करिब एघार सय बन्दी अझै फरार
कैलाली कारागारसहित बाजुरा र अछाम कारागार बाहेकबाट एघार सय ८० कैदीबन्दी अझै फरार छन्। अहिलेसम्म फरार हुनेमा सबैभन्दा बढी कैलाली कारागारका ६४१ कैदीबन्दी छन् भने कञ्चनपुर जिल्ला कारागारबाट भागेका ३३६ कैदीबन्दी फरार छन्।
यसैगरी, बझाङ जिल्ला कारागारबाट ५१ जना, बैतडी जिल्ला कारागारबाट ४८ जना, दार्चुला जिल्ला कारागारबाट ४३ जना, डोटी कारागारबाट ३९ जना तथा डडेल्धुरा जिल्ला कारागारबाट २२ जना भागेकामा ती सबै शुक्रबारसम्म फरार रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्