धनगढी : धनगढीको पार्कमोडमा आज शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) र नागरिक अगुवाहरुले मौन प्रदर्शन गरेका छन् । “राष्ट्र बचाउ, संविधान बचाउ” भन्ने प्लेकार्डसहित उनीहरूले मौन विरोध प्रदर्शन गरेका हुन् । देशको पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ कैलाली र बार एशोसिएसनको आयोजनामा गरिएको यस प्रदर्शनमा सहभागीहरुले लोकतन्त्र र संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
नेपाल बार एशोसिएसनका उपाध्यक्ष सिद्धराज ओझाले यही संविधानमा आधारित भएर नयाँ सरकार गठन गर्नुपर्ने बताए । उनले बर्तमान संविधानमै समस्याको समाधान खोज्नुपर्ने र जेन जि पुस्ताको आन्दोलनलाई लोकतान्त्रिक बाटोमा अघि बढाउन आग्रह गरे । साथै, जेन जि नाममा गलत गतिविधि हुनसक्ने भन्दै सबैमा सचेत रहन पनि उनले आह्वान गरे ।
प्रतिक्रिया दिनुहोस्