माया मेट्रो हस्पिटलले २३ जनाको गर्‍यो निःशुल्क कानको जालीको अप्रेशन ।

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले २३ जनाको निःशुल्क कानको जालीको अप्रेशन गरेको छ । अस्पतालको वार्षिक उत्सवको अवसरमा भाद्र ५ गतेदेखि १५ गतेसम्म सुरु भएको शिविरबाट २३ जनाको कानको जालीको अप्रेशन गरेको अस्पतालका नाक,कान तथा घाँटीरोग विशेषज्ञ डा. डिआर कँडेलले जानकारी दिए ।


डा। कँडेलका अनुसार १८७ जनाले उक्त शिविरमा सहभागी जनाए पनि धेरै बिरामीहरूको कान पाकेको,पिप जमेको, कान सुख्खा नभएका कारण अप्रेशन गर्न नसकेता पनि २३ जनाको भने पूर्ण रुपमा अप्रेशन गरेको जानकारी दिए ।
आर्थिक अभावले कानको जाली फेर्न नसेका बिरामीलाई उक्त शिविर निकै लाभदायी भएको सहभागी बिरामीहरूले बताएका थिए । उक्त शिविरमा १८ वर्ष भन्दा माथि र ५० वर्ष भन्दा तलका बिरामीले सेवा लिएका थिए ।

SHIKHAR COOL TECH


सो शिविरमा अप्रेशन हुन नसेका बिरामीले अप्रेशन गर्न चाहेमा २५ प्रतिशत छुटको व्यवस्था समेत रहेको अस्पतालले जनाएको छ । जसका लागि सो शिविरमा सहभागी भएका बिरामीले ओपिडी पुर्जा साथमा ल्याई आउनुपर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार