‘सहज रूपमा काम गर्न एकल बहुमतको सरकार आवश्यक छ’

बैतडी :  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकल बहुमतको सरकार भएमा मात्रै जनताका काम गर्न सहज हुने बताएका छन्। 

यहाँको डिलाशैनी गाउँपालिका–५ को तिलाचौरमा नवनिर्मित प्रशासनिक भवनको सोमवार उद्घाटन गर्दै उनले बहुमतको सरकार नहुँदा काम गर्न समस्या भएको बताए। मन्त्री भण्डारीले भने, ‘जनआकाङ्क्षा धेरै छन्। चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न सकिएको छैन। एकल बहुमतको सरकार नहुँदा समस्या भएको हो। अपेक्षाकृत विकास हुन् एकल सरकार आवश्यक छ।’

Seti Hospital

 गृह जिल्ला बैतडीको विकासका लागि आफू मन्त्री हुँदा या नहुँदा पनि सधैँ लागिपरेको उनको भनाइ थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले डिलाशैनीको विकास आफ्नो प्राथमिकतामा रहेको बताए। उनले डिलाशैनीको केन्द्र जोड्ने सडक र अन्य विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको बताए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले आफ्नै भवन निर्माण भएपछि वडाबाट सेवा प्रवाहमा सहज भएको बताए। गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष यज्ञराज भट्ट यदुले गाउँपालिकाको ७१ लाख बजेटमा वडा कार्यालय भवन निर्माण गरिएको बताए। एकतले भवनमा हलसहित सात कोठा रहेका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार