कञ्चनपुरकी सम्झना मृत्यु प्रकरणः श्रीमान् पुर्पक्षका लागि कारागार चलान

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडीकी १७ वर्षीया सम्झना भट्ट मृत्यु प्रकरणमा उनका श्रीमानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

अनुसन्धानका लागि पक्राउ परेका मृतक सम्झनाका श्रीमान पवन भट्टलाई कञ्चनपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। अदालतले सम्झनाका सासू ससुरा र पवनकी दिदीलाई भने धरौटीमा छोड्न आदेश दिएको छ। सम्झनाका माइती पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको बिहीवार अदालतमा थुनछेक बहस भएको थियो।

SHIKHAR COOL TECH

कञ्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र बहादुरले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा मृतकका ससुरा हरिदत्त भट्ट र दिदी पूजा भट्टलाई धरौटीमा छाड्ने आदेश दिएको र सासू किरण भट्टलाई साधारण तारेखमा छोड्ने आदेश दिएको बताए। उनका अनुसार न्यायाधीश राजेन्द्र भण्डारीको एकल इजलासले ससुरा र पवनको दिदी पूजाबाट जनही एक÷एक लाख धरौटी लिन आदेश दिएको छ। सो आदेश अनुरूप तीन जना रिहा भएका हुन भने मृतकका श्रीमान् पुर्पक्षका लागि कारागार चलान गरिएका छन्।

गत साउन १८ गते बिहान सम्झना घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन मृतक सम्झनाका माईती पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्धा दिएको थियो। सो मुद्धामा बिहिवार थुनछेक बहस भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार