धनगढीको आयुर्वेद चिकित्सालयमा जलौका विधिबाट जोर्नी दुखाइ र छाला रोगको उपचार

धनगढी: धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा जलौका विधिबाट उपचार हुने गरेको छ।

जुकाबाट गरिने जलौका उपचार विधिबाट छाला र रक्त विकार सम्बन्धी समस्याको उपचार गरिन्छ। लिच थेरापी भनिने यो उपचार पद्धतिमा मेडिकेटेड जुकाबाट रगत चुस्न लगाइन्छ। हाडजोर्नी दुख्ने, कपाल खस्ने र छाला सम्बन्धी रोगको उपचार प्रादेशिक आयुर्वेद चिकित्सालयमा सुरु चिकित्सालयका मेसु डाक्टर रामकामेश्वर ठाकुरले बताए। “साउनदेखि जलौका विधिबाट उपचार गरिन थालिएको हो। निर्मुलीकरण गरिएका जुकाबाट रगत चुस्न लगाएर छाला र रगत सम्बन्धि रोगको उपचार गर्ने प्रक्रियालाई लिच थेरापी भनिन्छ,” मेसु ठाकुरले अगाडि भने, “साइरोसिस, एक्जिमा, कपाल खस्ने, रुम्याटिक अर्थराइटिस भएका बिरामीको उपचार लिच थेरापीबाट हुने प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा भइरहेको छ।”

SHIKHAR COOL TECH

जलौका विधिबाट साइरोसिस अर्थात् कलेजो सम्बन्धी गम्भीर रोग पनि निको हुने डाक्टर ठाकुरले बताए। “जुकाको टोकाइबाट

एक्जिमा अर्थात् छालासम्बन्धी रोग पनि निको हुन्छ। छालामा रातोपन देखिने, सुन्निने, चिलाउने, सुख्खा तथा डाबर उठ्ने समस्या भएका बिरामीको लिच थेरापीबाट उपचार गरिन्छ। यस्तै टाउकोको कपाल खस्ने समस्याको उपचार पनि लिच थेरापीबाट गरिन्छ,” डाक्टर ठाकुरले भने।

जलौका विधिबाट पाँचदेखि सात पटकसम्म उपचार गर्दा रोग निको हुने सम्भावना रहेको डाक्टर ठाकुरले बताए। जुकाले खराब रगत चुस्ने भएकाले आर्थराइटिस, एक्जिमा र सिरोसिस जस्ता रक्त विकारले हुने रोग निको हुने मेसु ठाकुरको भनाइ छ।

जलौका विधिबाट उपचार गर्दा बिरामीलाई हप्तामा एक पटक जुकाबाट रगत चुस्न लगाइन्छ। पाँच पटकदेखि सात पटकसम्म रगत चुसाउँदा रोग निको हुने डाक्टर ठाकुरले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार