डडेल्धुरा : डडेल्धुराबाट भन्सार छलीका बिडी र सुपारी लगायतका सामान बरामद गरिएको छ।
जिल्लाको परशुराम नगरपालिका–१२ लेटेरोडाबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २७ हजार ६४० बराबरको सामान प्रहरीले बरामद गरेको हो। भन्सार छलीका बिडी, सलाई, सुपारी लगायतका सामान इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्