कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

धनगढीः कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको जानकी गाउँपालिका१ सुवर्णपुरबाट सोही ठाउँ बस्ने ४५वर्षीय अमित शाह, ४४ वर्षीय नारायण शाह र २२ वर्षीय आशिष शाह  लागूऔषधसहित पक्राउ परेका हुन्। चेकजाँच गर्दा उनीहरुको साथबाट ४ सय मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित तिनै जनालाई बिहीवार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार