अछाममा राष्ट्रिय परिचयपत्र बनाउन हिडेका वृद्धको ढलेर मृत्यु

अछामः अछाममा राष्ट्रिय परिचयपत्र बनाउन हिडेका वृद्धको ढलेर मृत्यु भएको छ।

जिल्लाको तुर्माखाँद गाउँपालिका–३ लकान्द्राका ७३ बर्षिय मनहरे कामीको राष्ट्रिय परिचयपत्र बनाउन आउने क्रममा ढलेर मृत्यु भएको हो।

मङ्गलवार बिहान घरबाट राष्ट्रिय परिचयपत्र बनाउनको लागि कमलबजार नगरपालिकामा रहेको दर्ता स्टेशन आउदै गर्दा कमलबजार नगरपालिका–२ कालापोखरा स्थित रहेको नगरपालिकाको ग्राउन्डमा हिड्दाहिड्दै एक्कासि ढलेका थिए।

स्थानीयहरूले तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार लगेको र मध्याह्न १२ः३५ बजे डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि अछाम जस्ता दुर्गम क्षेत्रका जेष्ठ नागरिक अपाङ्गता भएकाहरूले सास्ती खेप्नुपरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार