एसिया कपका लागि सूर्यकुमारको कप्तानीमा भारतीय टोली घोषणा

 काठमाडौं : भारतले आगामी सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि सुर्यकुमार यादव कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। शुभमन गिल टोलीको उपकप्तान बनेका छन्।

टोलीमा अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा, जसप्रित बुम्राह, वरुण चक्रवर्ती, अर्शदीप सिंह, कुलदीप यादव, सञ्जु सामसन, हर्षित राणा र रिंकु सिंह समेत परेका छन्।

Galaxy

यशस्वी जैसवाल र श्रेयस अय्यर भने यसपटक पनि टोलीमा परेनन्। जैसवाललाई स्ट्यान्डबाइ सूचीमा राखिएको छ। स्ट्यान्डबाइमा उनीसँगै प्रसिद्ध कृष्णा, वाशिंगटन सुन्दर, रियान पराग र ध्रुव जुरेल पनि रहेका छन्।

मुख्य चयनकर्ता अजीत अगरकरले निर्णय कठिन भए पनि आवश्यक भएको बताए। उनले जैसवालबारे भने, ‘यो दुर्भाग्यपूर्ण हो। तर अभिषेक शर्माले गत वर्षदेखि राम्रो प्रदर्शन गर्दै आएका छन्, साथै उनले बलिङ विकल्प पनि दिन सक्छन्। त्यसैले उनी चयन भए।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार