धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख माननीय नजिर मियाँसँग सुदूरपश्चिम पृतनापति प्रकाश देउजा र कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले भेटघाट गरेका छन् ।
प्रदेश प्रमुख कार्यालयमा भएको भेटवार्ताका क्रममा प्रदेश प्रमुख मियाँले हालै सरुवा भएका पृतनापति देउजालाई बिदाइ गरेका थिए भने कैलालीमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी लम्साललाई स्वागत गरेका थिए ।
भेटघाट कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शेखर कुमार रोकाया, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीलगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्