टोटन ह्यामलाई हराउँदै पीएसजीले जित्यो पाँचौं यूइएफए सुपर कपको उपाधि

काठमाण्डौ।टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले यूइएफए सुपर कप २०२५ को उपाधि जितेको छ।हिजो भएको खेलमा युरोपा लिग विजेता टोटनह्याम ४-३ पराजित भयो।


स्टाडियो फ्रिउली (उडिनेमा) भएको खेलको ८५ औं मिनेटसम्म टोटनह्याम २-० ले अघि थियो।तर,पीएसजी अन्तिम क्षणमा खेलमा फर्किन सफल भयो।८६ औं मिनेटमा ली काङ-इनले कुनामा प्रहार गर्दै गोल अन्तर घटाए।

Seti Hospital

इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई २-२ मा पुर्‍याए।पेनाल्टी सुटआउटमा सुरुमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २-० ले अघि थियो । 

तर, मिकी भान डे भेन र माथिस टेलले अवसर गुमाए र पीएसजीले लगातार चार पेनाल्टी सफल पार्‍यो।अन्तिम निर्णायक प्रहार नुनो मेन्डेसले गर्दै टोलीलाई जीत दिलाए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार