बाजुरामा बाढीले २ घर बगायो

बाजुराः बाजुराको हिमाली गाउँपालिका–१ मा बिच्छ्या खोलाको बाढीले दुई घर बगाएको छ।

बुधवार साँझ आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापा परिवारको दुई घर बगाएको हो। बाढीले झोलुङ्गे पुल र बिच्छ्या माविमा पनि क्षति पुगेको गाउँपालिका–१ का वडा सचिव सन्जिव चौधरीले जानकारी दिए। उनका अनुसार वडा कार्यालय पनि जोखिममा परेको छ। बाढी आएपछि खोला किनारका बासिन्दा भागेर अग्लो ठाउँतिर गएका छन्।

Galaxy

गाउँपालिकाका अध्यक्ष गोबिन्दबहादुर मल्लले वडा नम्बर-१ सहित वडा नम्बर ५ मा पनि बाढीले क्षती पु–याएको बताए। ‘सम्बन्धित ठाउँमा फोन सम्पर्क भइरहेको छैन’ उनले भने ‘वडा नम्बर १ मा पनि ठूलो क्षति पु–याएको सुन्नमा आएको छ। २, ३ घर बाढिले बगाएको छ।’ विच्छ्या खोला कुवाडी खोलामा मिसिने भएकाले कुवाडी खोला आसपास बसोबास गर्नेहरुलाई सतर्क रहन गाउँपालिकाले अनुरोध गरेको छ।

विज्ञापन

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार