प्यालेसले जित्यो कम्युनिटी शिल्ड

लन्डन — क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुललाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै पहिलो पटक कम्युनिटी शिल्ड जितेको छ । एफए कप विजेता प्यालेसका लागि गोलरक्षक डिन हेन्डरसन नायक रहे र उनले उत्कृष्ट बचाउ गरे ।

हेन्डरसनले एलेक्स म्याकएलिस्टर र हारभी इलिटको प्रहार गोल हुन दिएनन् । पेनाल्टी सुटआउटमा मोहमद सलाह पनि गोल गर्न चुके र उनको प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो । प्यालेसका लागि २१ वर्षीय खेलाडी जस्टिन डेभेनीले पेनाल्टीमा निर्णायक गोल गरे ।

Seti Hospital

पछिल्लो सिजन मात्र क्लब इतिहासमै पहिलो पटक एफए कपका रूपमा कुनै उपाधि जितेको प्यालेसले दुई महिनाको अन्तरमा वेम्बलीमा दोस्रो सफलता चुमेको हो । यसै क्रममा प्यालेस डेब्यु अवसरमै कम्युनिटी शिल्ड जित्ने ५० वर्षयताको पहिलो टिम भएको छ । यसअघि सन् १९७५ मा डर्बीले यस्तै उपलब्धि चुमेको थियो ।

निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगेपछि प्रतिस्पर्धा टाइब्रेकरमा गएको हो । लिभरपुलले दुईपल्ट अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेको थिएन । डेब्यु गरिरहेका ह्युगो एकिटिकेले चौथो मिनेटमा लिभरपुलका लागि गोलको खाता खोले ।

जिन–फिलिप माटेटाले प्यालेसका लागि पेनाल्टीबाट १७ औं मिनेटमा गोल गरे र खेल बराबरी पुगेको थियो । डेब्यु गरिरहेका अर्का खेलाडी जेरेमी फ्रिमपोङले २१ औं मिनेटमा गोल गरे र लिभरपुललाई फेरि अगाडि रहेको थियो । तर प्यालेसका लागि इस्माइल सारले ७७ औं मिनेटमा फेरि बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको खेलपछि सोझै पेनाल्टी सुटआउटमा जाने प्रावधान रहेको थियो ।

पछिल्लो १५ वर्षमा कम्युनिटी शिल्ड जितेका १४ टोलीले प्रिमियर लिग जित्न सकेका छैनन् । लिभरपुलले शुक्रबार बर्नमाउथसँग खेलेर प्रिमियर लिग उपाधिको रक्षा अभियान सुरु गर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार