कैलाली कारागारमा कैदीबन्दीबीच झडप, कैदीबन्दी घाइते

भक्तराज जोशी

कैलाली । कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए । उनकाअनुसार राहुल रानाको टाउकोमा गहिरो चोट लागी तत्काल उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढीमा लगी उपचार भइ रहेको र अवस्था मध्यम रहेको बताए ।

Seti Hospital

त्यस्तै धिरज बम खुट्टामा चोट लागेको, मोहन राना टाउकोमा चोट अवस्था मध्यम, बिषेश नाथ योगी पिठ्युमा चोट अवस्था मध्यम, हिमाल राना पेटमा चोट अवस्था मध्यम रहेको उनले बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा भएको बताए । उनीहरूलाई स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको उनको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार