कैलाली कारागारमा कैदीबन्दीबीच झडप, कैदीबन्दी घाइते

भक्तराज जोशी

कैलाली । कैलाली कारागारमा कैदीबन्दीबीच झडप भएको छ । बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले झडपका क्रममा घाइते भएका पाँच जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए । उनकाअनुसार राहुल रानाको टाउकोमा गहिरो चोट लागी तत्काल उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढीमा लगी उपचार भइ रहेको र अवस्था मध्यम रहेको बताए ।

SHIKHAR COOL TECH

त्यस्तै धिरज बम खुट्टामा चोट लागेको, मोहन राना टाउकोमा चोट अवस्था मध्यम, बिषेश नाथ योगी पिठ्युमा चोट अवस्था मध्यम, हिमाल राना पेटमा चोट अवस्था मध्यम रहेको उनले बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जोडिएका तीन जनाको अन्यत्र सरूवा भएको बताए । उनीहरूलाई स्थानान्तरण गर्ने क्रममा विवाद हुँदा झडप भएको उनको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

25%

अचम्मित

75%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार