शाङ्ग्रीला डेभलपमेन्ट बैंकद्वारा बयलपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

भक्तराज जोशी

अछाम – शाङ्ग्रीला डेभलपमेन्ट बैंक लिमिटेडको साफेबगर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बयलपाटा अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।

साफेबगर शाखाका शाखा प्रवन्धक अनुपम महराको उपस्थितिमा सम्पन्न उक्त हस्तान्तरण कार्यक्रममा बैंकले स्वास्थ्य क्षेत्रमा आफ्नो योगदानलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सो उपकरण प्रदान गरेको जनाएको छ।

Seti Hospital

बैंकका अनुसार, अक्सिजन कन्सन्ट्रेटरले अस्पतालमा आउने आकस्मिक तथा नियमित बिरामीहरूको उपचारमा सहजता ल्याउने विश्वास लिइएको छ। यस पहलले ग्रामीण तथा दुर्गम क्षेत्रका बासिन्दाहरूले स्वास्थ्य सेवा पाउनमा थप राहत मिल्ने अपेक्षा गरिएको छ।

शाखा प्रवन्धक महराले जानकारी गराए अनुसार, शाङ्ग्रीला डेभलपमेन्ट बैंकले आफ्नो सेवा क्षेत्रभित्र शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामुदायिक विकासका विविध पक्षहरूमा निरन्तर सामाजिक उत्तरदायित्व वहन गर्दै आइरहेको छ। आगामी दिनमा यस्ता जनहितमुखी कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने बैंकको योजना रहेको पनि उनले बताए।

“स्थानियको आधार ,सबल बैंक, सक्षम ग्राहक, समुन्नत समाज” भन्ने नाराका साथ शाङ्ग्रीला बैंकले वित्तीय सेवाका साथै सामाजिक उत्तरदायित्वमा पनि सशक्त उपस्थिति जनाउँदै आएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार