शैलेश्वरी स्कूलद्वारा वृक्षारोपण: ‘हरित धनगढी’ अभियानमा सशक्त साथ

भक्तराज जोशी

धनगढी : धनगढी उप-महानगरपालिका वडा नम्बर ५ मा रहेको शैलेश्वरी इङ्लिश बोर्डिङ स्कुलले आज विद्यालय परिसर वरिपरि करिब १००० मिटर क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। वातावरण संरक्षण र समुदायमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विद्यालयले यो कार्यक्रम आयोजना गरेको हो।

विद्यालयले वि.सं. २०७४ सालदेखि नै नियमित रूपमा वृक्षारोपण गर्दै आएको जानकारी दिइएको छ। यस वर्ष पनि विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयको सहभागितामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

SHIKHAR COOL TECH

वडा नम्बर ५ का वडा सदस्य दत्तुराम पाण्डेले विद्यालयको यो निरन्तर प्रयासको प्रशंसा गर्दै भने,“शैलेश्वरी स्कूलको वृक्षारोपण अभियान उदाहरणीय छ। वडामा रहेका अन्य संस्था र विद्यालयले पनि यस्ता गतिविधिबाट सिक्नुपर्छ।”

यसै अवसरमा विद्यालयका संस्थापक तथा प्रधानाध्यापक जगन्नाथ जोराले भने,“धनगढी उप-महानगरपालिकाले अघि सारेको ‘Clean and Green Dhangadhi’ अभियानमा सहभागी हुन पाउँदा हामी गौरवान्वित छौं।”

कार्यक्रममा सहभागी कक्षा ९ मा अध्ययनरत अञ्जली कुँवरले पनि खुशी व्यक्त गर्दै भनिन्,“हामीले विद्यालयबाटै वातावरणको माया गर्न सिक्यौं। यस्तो कार्यक्रममा सहभागी हुन पाउनु हाम्रो लागि ठूलो अवसर हो।”

विद्यालयको यस्तो प्रयासले शिक्षा मात्र होइन, सामाजिक उत्तरदायित्व र वातावरणीय चेतना पनि फैलाएको देखिन्छ।
शैलेश्वरी स्कूलको निरन्तर वृक्षारोपण अभियानले वडाभरिका संस्थालाई सचेत बनाएको छ। यस्तो अभियानले धनगढीलाई साँच्चिकै सफा, हरित र दिगो सहर बनाउने मार्गमा सघाउ पुर्‍याउने विश्वास लिइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार