किरियामा बसेका पत्रकार मिन बमलाई मन्त्री दीपक खड्काको भेट र समवेदना

भक्तराज जोशी

धनगढी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय दीपक खड्का मंगलबार बिहानै पत्रकार मिन बमको निवासमा पुगेर शोक समवेदना व्यक्त गरेका छन्।

पत्रकार बम हालै आफ्नी पत्निको असामयिक निधनपछि किरिया बसिरहेको अवस्थामा मन्त्री खड्का आफैं पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्।
उक्त भेटमा मन्त्री खड्काले स्व. पत्नीप्रति श्रद्धा प्रकट गर्दै शोक सन्तप्त ठाकुरी परिवारलाई धैर्य, शक्ति र सहनशीलता मिलोस् भन्ने कामना गरेका थिए।

मिन बम सुदूरपश्चिमको सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ पत्रकार हुन्। उनको व्यक्तिगत पीडामा सहभागी हुन समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू पनि शोक व्यक्त गर्न बम निवास पुगेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार