धनगढी शिवपुरी धाममा नेपाल प्रहरी श्रीमती संघ र प्रहरी अस्पतालको संयुक्त आयोजनामा स्वास्थ्य शिविर

भक्तराज जोशी

धनगढी – श्रावण महिनाको दोस्रो सोमबारको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल र नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशद्वारा धनगढी–४ स्थित शिवपुरी धाममा नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ।

स्वास्थ्य शिविरमा आगन्तुक भक्तजन र स्थानीय बासिन्दालाई प्राथमिक स्वास्थ्य परीक्षण, सामान्य रोगको उपचार, तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको छ। शिविरमा विशेषगरी रक्तचाप, मधुमेह परीक्षण र अन्य नियमित स्वास्थ्य परीक्षणहरू गरिएको आयोजकले जानकारी दिएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालका चिकित्सक टोली र स्वास्थ्यकर्मीहरूको टोली शिविरमा सक्रिय रूपमा संलग्न रहँदा, नेपाल प्रहरी श्रीमती संघका प्रतिनिधिहरूले स्वास्थ्य सरसफाइ, महिला स्वास्थ्य, र जनचेतना सम्बन्धी जानकारी गरेका थिए।

शिवपुरी धाममा हाल “श्रीमद् हरिहर चतुर्मास अनुस्थान” अन्तर्गत शिवपुरी धर्मोत्सव चलिरहेको सन्दर्भमा, यस स्वास्थ्य शिविरले धार्मिक दर्शन गर्न आएका श्रद्धालुहरूलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार