शनिबार राति परेको अविरल वर्षासँगै आएको बाढीले बुंगल ७ मा ठूलो क्षति

अनिता धामी

बझाङ।बझाङको बुंगल नगरपालिका७ मा शनिबार राति परेको अविरल वर्षासँगै आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ।बाढीका कारण स्थानीय पूर्वाधार घरजग्गा र कृषिक्षेत्रमा व्यापक असर परेको छ ।७ मा ठूलो क्षति पुर्‍याएको हो। 
बाढीका कारण स्थानीय पूर्वाधार, घरजग्गा र कृषिक्षेत्रमा व्यापक असर परेको हो।स्थानीयवासीहरूका अनुसार कल्भर्ट, पुल सिँचाइ कुलाे, खानेपानीका मुहानहरू, धान रोपिएको खेतबारी तथा मकै बालीमा ठूलो क्षति पुगेको छ।

स्थानीय बिरेन्द्र बोहराका अनुसार चिल्ठास्थित गल्लेक खानेपानी मुहान चिल्ठा खानेपानी योजना, खोचेथुम खानेपानी योजना, चिल्ठा सिँचाइ कुलो, बाहुन गाउँका बिर्खे जोशीको खेत र वडा अध्यक्ष टंकप्रसाद जोशीको पसलमा पुर्मचुली कैलाराउतर्फबाट आएको बाढीले क्षति पुर्‍याएको छ।दुर्गा आधारभूत विद्यालय चिल्ठाका प्र.अ नरबहादुर धामीका अनुसार क्षति भएकाे ठाउँकाे  विस्तृत विवरण संकलन गर्ने कार्य अझै जारी छ। स्थानीय हरजित ठगुन्नाले धेरै घरजग्गा बाढीको उच्च जोखिममा रहेको र मकैबाली लगायतका बाली नष्ट गरेकाे हुदा किसानहरू थप समस्यामा परेका छन्

SHIKHAR COOL TECH

त्यस्तै, इलाका प्रहरी कार्यालय झापाका प्रहरी नाएक निरीक्षक विरसिंह ठगुन्नाका अनुसार घट्टे खोलामा आएको बाढीले पाँचवटा पुल बगाएको छ। जसमा एक आरसिसी पुल र चारवटा काठेपुल रहेका छन्। साथै  स्थानीय दले कामीको घर पूर्ण रूपमा क्षति भएको छ भने दिला कामीलगायत चारवटा घर पहिरोको उच्च जोखिममा छन्।पहिरो अझै नरोकिएकाले थप क्षतिको सम्भावना देखीएको छ। निरीक्षक ठगुन्नाका अनुसार  हालसम्म मानवीय वा पशुचौपायामा भने क्षति  क्षति भएको छैन । इलाका प्रहरी कार्यलय झापाकाे टाेलिले  बाढिपहिराेकाे  विवरण संकलन गरिरहेकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार