गोदावरीका २ घरमा मध्यरातमा खानतलासी, २ बन्दुक सहित २ जना पक्राउ 

अत्तरिया – कैलालीको गोदावरीका २ घरमा मध्यरातमा खानतलासी गरेर प्रहरीले २ भरुवा बन्दुक बरामद गरेको छ ।

गयराती २ बजे विशेष सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध  अनुसन्धान समूह र अस्थायी प्रहरी बिट स्याउलेबाट  खटिगएको प्रहरी टोलीले गोदावरी नगरपालिका – ८ स्याउलेका २ घरमा खानतलासी गरेको हो ।

स्थानीय रजमान चौधरीको घरमा खानतलासी गर्दा भरुवा बन्दुक सहित उनका छोरा २६ वर्षीय राज कुमार चौधरी पक्राउ परेका छन् भने राम बहादुर चौधरीको घरमा खानतलासी भरुवा बन्दुक (लोड गरेको छर्रा भरेको)  एक नाल सहित उनका छोरा २३ वर्षीय चन्द्र बहादुर चौधरी पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार