बेसहारा वृद्ध आमाहरूको जीवनमा आशा, अमेरिकाबाट महिनामा ७१ हजार सहयोग

भक्तराज जोशी

धनगढी – दृष्टि फाउन्डेसनले लामो समयदेखि सडक मानव, बेवारिसे मानसिक रोगी तथा विपन्न बालबालिकाहरूलाई उद्धार गरी सेवा पुर्‍याउँदै आएको छ। सेवाको क्रममा उद्धार गरिएका केही वृद्ध आमाहरू मानसिक रोगी नभई अशक्त र बेसहारा भएको पाइएको छ। मानसिक रोगीहरूसँग बस्दा उनीहरू सधैंजसो गाली र कुटपिटको सिकार बन्न बाध्य भएपछि फाउन्डेसनले सुरक्षित वातावरणमा राख्नका लागि वृद्ध आमाहरूका लागि छुट्टै शाखा सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको हो।

फाउन्डेसनकी सचालक कल्‍पना भट्टका अनुसार, “हामीले उद्धार गरेका वृद्ध आमाहरू मानसिक रोगी नभएकाले मानसिक रोगीहरूसँग बस्दा असहज र असुरक्षित महसुस गर्दै आएका थिए। त्यसैले सुरक्षित आवास उपलब्ध गराउन नयाँ शाखा खोल्नुपर्‍यो।”

SHIKHAR COOL TECH

तर शाखा सञ्चालन गर्न घरभाडा र अन्य व्यवस्थापन खर्च जुटाउन चुनौती थियो। यसबारे जानकारी समाजसेवी लोकराज पाण्डेयलाई दिइएपछि उनले अमेरिकामा रहेका रामबहादुर देउवालाई समस्या सुनाए। त्यसपछि केही दिनमै उनले मनकारी व्यक्तिहरूलाई समेटेर ‘दृष्टि फाउन्डेसन सहयोगी समूह’ गठन गरे।

यो समूहमा रामबहादुर देउवा, ललित चन्द,उपेन्द्र भट्ट, नवीन ओझा, गणेश विष्ट (क),गणेश विष्ट (ख) जस्ता समाजसेवीहरू सक्रिय छन्। उक्त समूहले वृद्ध आश्रम सेवा घरको घरभाडा मात्र नभई अन्य व्यवस्थापन खर्चसमेत व्यहोर्ने र एक वर्षसम्म मासिक ७१ हजार रुपैयाँ सहयोग गर्ने वचन दिएको छ। साथै, एक महिनाको खर्च अग्रिम पठाइसकेको जानकारी पनि फाउन्डेसनले दिएको छ।

सचालक भट्टले भनिन्, “यो सहयोगले सडकमा बेसहारा आमाहरूलाई सुरक्षित आश्रय दिन सकिने विश्वास पलाएको छ। अझ धेरै दाताको सहकार्य आवश्यक छ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार