महाआरती, झाँकी र भक्तजनको उत्साह : शिवपुरीमा हरिहर चातुर्मास अनुष्ठान

भक्तराज जोशी

धनगढी :- सुदूरपश्चिममा नमूना गुरुकुल स्थापनार्थ आयोजित श्रीमद्-हरिहर चातुर्मास अनुष्ठान अन्तर्गत शिवपुरीमा भव्य धर्मोत्सव संञ्चालन भएको छ। सत्य सेवा प्रतिष्ठानद्वारा आयोजित यो कार्यक्रम २०८२ असार २२ देखि कार्तिक १९ गतेसम्म निरन्तर जारी छ।

धर्मोत्सवमा महाआरतीसँगै आकर्षक झाँकी प्रदर्शन गरिएको छ, जसमा हजारौं भक्तजनको बाक्लो उपस्थिति देखिएको थियो। धार्मिक वातावरणमा भक्तजनहरूले भजन–कीर्तनमा सहभागी हुँदै शिवपुरीलाई एक आध्यात्मिक केन्द्रको रूपमा उजागर गरे।

SHIKHAR COOL TECH

अनुष्ठानका प्रमुख संरक्षक आचार्य श्री लोकानन्द स्वामीका अनुसार यो कार्यक्रमले सुदूरपश्चिममा वेदिक संस्कृति र आध्यात्मिक शिक्षाको संवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

सत्य सेवा प्रतिष्ठानले यसपटक विशेष रूपमा शिवपुरीलाई सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताइएको छ। आयोजक समितिका अनुसार अझै पनि कार्यक्रम अन्तर्गत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुँदै जाने छन्, जसमा सबैलाई सहभागी हुन आमन्त्रण गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार