टी–२० विश्वकप छनोटमा नेपालले कुवेत र जापानसँग खेल्ने

काठमाडौं : आईसीसी टी–२० विश्वकप एशिया र पूर्वी एशिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोटमा नेपाल समूह ‘२’ मा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरेको हो।

समूह ‘२’ मा नेपालसहित, कुवेत र जापान छन्। समूह ‘१’ मा संयुक्त अरब इमिरेट्स (यूएई), मलेशिया र कतार रहेका छन्। समूह ‘३’ आयोजक ओमान, पपुवा न्यु गिनी ९पीएनजी० र सामोआ रहेका छन्।

Seti Hospital

हरेक समूहका शीर्ष २ टोली ‘सुपर सिक्स’ मा पुग्नेछन्। ‘सुपर–सिक्स’ का शीर्ष ३ टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

ओमानमा हुने एशिया र पूर्वी एशिया–प्यासिफिक छनोट आउँदो अक्टोबर ८ देखि १७ सम्म सञ्चालन हुनेछ। नेपालसहित ओमान, पीएनजी र यूएईले यसअघि टी–२० विश्वकप खेलिसकेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार