सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहितको टोलीद्वारा प्यारा तालको अवलोकन

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार कञ्चनपुरको पुनर्वासस्थित पर्यटकीयस्थल प्यारा तालको अवलोकन गरेका छन्।

मुख्यमन्त्री शाहले नागरिक जागरणद्वारा पर्यटन विकासको पहल सुरु गरिएको भन्दै प्रशंसा गरे। स्थानीय सरकार र नागरिकको स्वस्फुर्त पहलमा पर्यटकीय गन्तव्य बन्दै गएको प्यारा तालमा पुग्नुभएका मुख्यमन्त्री शाहले ताल परिसरमा निर्माणाधीन संरचनाहरू चासोपूर्वक अवलोकन गरे। यसैगरी उनको टोलीले दिव्य धाम, कोटिहोम मन्दिर र रानाथारू सङ्ग्रहालयको अवलोकन गरेको थियो।

SHIKHAR COOL TECH

मुुख्यमन्त्री शाहसँगै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का, आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्ट, प्रदेशसभा सदस्य विक्रमसिंह धामी, पुनर्वास नगरप्रमुख तोयप्रसाद शर्मालगायतको टोली त्यहाँ पुगेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार