सन्दीप लामिछानेको बलिङ वरियतामा सुधार, के छ अरूको अवस्था ?

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ टी–२०आई वरियतामा नेपाली लेगस्पिनर सन्दीप लामिछाने एक स्थान उक्लिएर ७४औँ स्थानमा पुगेका छन् ।

यस्तै, बलिङतर्फ ललित राजवंशी ५४औँ स्थानमा यथावत छन् । यस्तै,​ दीपेन्द्रसिंह ऐरी ८१औँ स्थानमै छन् । अलराउण्डर वरियतामा उनी तेस्रो स्थानमा कायम छन् ।

Seti Hospital

ब्याटिङतर्फ दीपेन्द्र ६१औँ स्थानमा यथावत छन् । कप्तान रोहितकुमार पौडेल, आसिफ शेख र कुशल भुर्तेलको स्थिति पनि परिवर्तन भएको छैन ।

ओडिआई वरियतामा दीपेन्द्र बलिङमा एक स्थान सुधार गर्दै ७७औँ स्थान उक्लिएका छन् । ओडिआईमा सन्दीप र ललितको वरियता भने खस्किएको छ । ब्याटिङमा कुशल, आसिफ र रोहित शीर्ष १०० भित्र अटाएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार