दोस्रो कुरुमे कप क्रिकेट प्रतियोगिता आयोजना हुँदै !

जापान : कुरुमे पल्टन्सको आयोजनामा दोस्रो कुरुमे कप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रवासमा रहेका नेपालीबीच आपसी सद्भाव प्रवद्र्धनको उदेश्यले जापानमा कुरुमे कप क्रिकेट प्रतियोगिता हुने भएको हो । 

कुरुमे आसपासको क्षेत्रमा बस्दै आएका नेपाली खेलप्रेमि युवाहरुका लागि निरन्तर रुपमा खेलकुदका साथै अन्य सामाजिक गतिविधि पनि गर्दै आएको कुरुमे पल्टन्सले ओगोरीको क्षेत्रीय खेल मैदान र टोसु खेल मैदानमा प्रतियोगिता गर्न लागेको हो ।

Seti Hospital

आयोजकका अनुसार उद्घाटन खेल भने टोसु खेल मैदानमा बिहान ८ बजेदेखि हुने छ । प्रतियोगितामा १० वटा टिमले सहभागिता जनाउने छन् । खेलमा विजेताले एक लाख ५५ हजार ५५५ ऐन र उपविजेताले ७५ हजार ५५५ ऐन नगदसहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कुष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले पनि नगर पुरस्कार पाउने छन् । प्रतियोगितालाई कुरुमे एकता समाज लगायत विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोग रहेको आयोजक टिमका कप्तान प्रविन बिकले जानकारी दिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार