नेपालले खेल्ने टप एण्ड टी-२० सिरिजमा खेल्ने सबै टिमको टुंगो लाग्यो

काठमाडौं : नेपाली क्रिकेट टोलीले खेल्न जान लागेको अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा खेल्ने सबै टिमको टुंगो लागेको छ । नेपालसहित चार राष्ट्रका टोलीसँगै अस्ट्रेलियन बिग ब्यास लिगका एकेडेकी टोलीहरू सहभागी हुनेछन् ।

नेपाल, पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’ र अमेरिकाबाट शिकागो किङ्समेन यस सिरिजमा खेल्ने चार अन्तर्राष्ट्रिय टोली हुनेछन्। उनीहरूसँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोलीहरू होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, साथै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक टोलीले पनि सहभागिता जनाउनेछन्।

Seti Hospital

सिरिज २०२३ मा जम्मा ५ टोलीले खेलेकोमा यसपटक ११ टिम पुगेको छ ।

नेपालले यो प्रतियोगिता आउँदो अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि खेल्न लागेको हो।

डार्विनमा सन् २०२५ जुलाई १४ देखि २४ सम्म हुने यस श्रृंखलामा नेपालले कम्तीमा ६ खेल खेल्नेछ। यी खेलहरू डिएक्ससी एरेना, टीआईओ स्टेडियम र काजाली एरेनामा हुनेछ।

गत संस्करणमा पाकिस्तान शाहीन्सबाट हेदर अली, शाहनवाज दाहानी, अब्दुल समाद, बंगलादेश ए बाट मोहम्मद नइम, तोहिद रिदोय जस्ता नाम चलेका खेलाडीहरूले सहभागिता जनाएका थिए।

यसपटक पनि सिनियर टोलीबाट खेलिसकेका केही खेलाडी तथा बिग ब्यास लिगमा खेलिसकेका खेलाडीहरू पनि विभिन्न टोलीमा देख्न पाइनेछ ।।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार