सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे सभापति देउवासँग भेट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उन्मुक्ति पार्टीले समर्थन फिर्ता गरेको एक दिनपछि शनिवार बुढानीलकण्ठस्थित निवास पुगेर उनले सभापति देउवासँग भेट गरेका हुन् । 

मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको प्रतिक्रिया दिएका छन् । बिहीबार मुख्यमन्त्री शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै नाउपाले सङ्घ र प्रदेशमा आफ्नो समर्थन फिर्ता लिने घोषणा गरेको थियो ।

Seti Hospital

सुदूरपश्चिम प्रदेशमा शुक्रवार समर्थन फिर्ता लिएको नाउपाले सङ्घमा फिर्ता लिन भोलि बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरेको छ । सभापति देउवालाई मुख्यमन्त्री शाहले मन्त्रीलाई पदमुक्त गर्नुको कारणसहित पछिल्लो घटनाक्रमबारे जानकारी गराएका थिए । 

सभापति देउवाले मुख्यमन्त्री शाहलाई देखिएका समस्याहरू वार्ता र संवाद मार्फत हल गर्न सुझाव दिएका थिए । नाउपासँग संवाद गरेर रिक्त रहेको मन्त्रालयमा नाउपाबाटै मन्त्री बनाउनेगरि अघि बढ्न मुख्यमन्त्री शाहलाई सभापति देउवाले सुझाव दिएका थिए ।

सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन् । नाउपाले समर्थन फिर्ता लिँदैमा मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने वा सरकार ढल्ने अवस्था छैन । तर, नाउपालाई साथमै लिएर अघि बढ्न सभापति देउवाले मुख्यमन्त्रीलाई सुझाव दिएको निकट स्रोतको भनाइ छ ।

मुख्यमन्त्री शाहले नाउपासँग छलफल गरेर अगाडी बढ्ने सभापति देउवालाई बताएका थिए । आज बिहान सभापति भेट्न मुख्यमन्त्री शाह काठमाडौँ पुगेका थिए । भेटमा सरकारको गतिविधि र बजेट पारित लगायतका विषयमा पनि कुरा भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार