धनगढी–५ का महिला समूहलाई दुना–टप्परी मेसिन वितरण, स्वरोजगारमा टेवा पुग्ने अपेक्षा

भक्तराज जोशी

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर ५ ले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमअन्तर्गत महिला उद्दमशील कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत वडा भित्रका विभिन्न टोलका महिलालाई दुना–टप्परी उत्पादनका मेसिन सामग्री हस्तान्तरण गरिएको छ।

वडाका भगवती टोल, जाइ गौरीशंकर टोल, शान्तिटोल, तारानगर र शिवशक्तिटोलका महिला समूहको मागअनुसार चारवटा दुना–टप्परी बनाउने मेसिन वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ।

SHIKHAR COOL TECH

वडा अध्यक्ष गजेन्द्र शाहीले यस्ता पहलले महिलाहरूको आर्थिक सबलीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। अध्यक्ष शाहीले भने, “वडाभित्रका महिला दिदीबहिनीहरूले आत्मनिर्भर हुन र आम्दानीका स्रोत बढाउन यो कार्यक्रम ल्याइएको हो। आगामी दिनमा पनि वडावासीहरूको माग र आवश्यकताका आधारमा स्वरोजगार र आयआर्जनका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनेछ।”

स्थानीय महिला समूहका प्रतिनिधिहरूले उपकरण प्राप्त भएपछि आभार व्यक्त गर्दै उत्पादन र बजारीकरणसम्बन्धी तालिम तथा सहजीकरणको माग समेत गरेका छन्। वडा कार्यालयका अनुसार आवश्यक तालिम र सहयोगका पहल चाँडै अगाडि बढाइनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार