काठमाडौं : एसीसी यू-१६ इस्ट जोन कपको सेमिफाइनलमा मलेसियाले नेपाललाई ९१ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको सेलांगर टर्फ क्लबमा जारी खेलमा घरेलु टोलीले ४३.१ ओभरमा अलआउट हुँदै ९० रन जोडेको हो ।
मलेसियाका लागि मोहम्मद फतुलले सर्वाधिक ३८ रन बनाए । कप्तान डिज पार्तो ३२ बलमा १० रन बनाएर आउट भए । मलेसियाका अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् ।
मलेसियालाई अलआउट गर्न नेपालका लागि अभय यादव एक्लैले चार विकेट लिए भने शुभम खनालले ३ विकेट लिए । गत संस्करणको फाइनलमा पनि नेपालले मलेसियालाई नै २२१ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको थियो। यसपटक पनि नेपाल उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।
प्रतिक्रिया दिनुहोस्