गृहमन्त्री लेखक गृह प्रदेशमा विभिन्न कार्यक्रममा सहभागी हुने !

धनगढी : गृहमन्त्री रमेश लेखकलाई आज बिहान धनगढी विमानस्थलमा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख गोगनबहादुर हमालसहितको टोलीले स्वागत गरेको छ। आफ्नै पुख्र्यौली जिल्ला बैतडी जाने क्रममा मन्त्री लेखकलाई प्रशासनिक र पार्टी तर्फबाट भव्य स्वागत गरिएको हो।

लेखक आज साँझसम्म बैतडी पुग्ने कार्यक्रम रहेको छ। पारिवारिक भेटघाट र धार्मिक कार्यमा सहभागी हुने उनको योजना रहेको स्वकीय सचिव जनक भट्टले जानकारी दिए।

SHIKHAR COOL TECH

बैतडी पुग्नेबित्तिकै साँझ ५ बजे पाटनमा कांग्रेस नेता तथा कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रम तय गरिएको छ। त्यस्तै, बिहीबार बिहान ८ बजे गोठलापानीस्थित पार्टी कार्यालयमा अर्को भेटघाट कार्यक्रम हुने नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए।

बैतडी बसाइको क्रममा मन्त्री लेखक प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा पूजाआजा पनि गर्नेछन्। उनको भ्रमणलाई स्थानीय कांग्रेस कार्यकर्ताले पार्टी सुदृढीकरणको अवसरका रूपमा लिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार