बत्ती जाँदा फोन बन्द हुने अवस्था कहिलेसम्म? मटियारीमा टेलिकमको लापरवाहीमाथि उपभोक्ताको आक्रोश

भक्तराज जोशी

धनगढी — धनगढी उपमहानगरपालिका–६ मटियारीमा रहेको नेपाल टेलिकम (नमस्ते) को मोबाइल टावर महिनौँदेखि ब्याट्री डाउन अवस्थामा रहेको कारण साना हावा हुरी वा सामान्य वर्षा हुँदा समेत नेटवर्क सेवा अवरुद्ध हुने समस्या बढ्दै गएको छ।

स्थानियवासीका अनुसार टावरको ब्याट्री सकिएको झण्डै एक महिना भन्दा बढी भइसकेको छ। बत्ती गएपछि टावरले पावर सपोर्ट गर्न नसक्दा फोन र इन्टरनेट सेवा पूर्ण रुपमा बन्द हुन्छ। यसले आपतकालीन अवस्थामा समेत सञ्‍चार सम्पर्कमा ठूलो कठिनाइ हुने गरेको छ।

मटियारीका प्रकाश जोशीले जानकारी गराएअनुसार यस समस्याबारे स्थानीयवासीहरूले पटक–पटक नेपाल टेलिकमको सम्बन्धित कार्यालयमा गुनासो गरेका थिए। तर अहिलेसम्म कुनै जिम्मेवार निकायले समाधानका लागि चासो नदिएको बताइएको छ।

जोशीले भने, “ब्याट्री नभएपछि थोरै पानी परे पनि बत्ती जान्छ र सञ्जाल बन्द हुन्छ। महिनौँ भयो गुनासो गर्दा पनि कसैले वास्ता गरेको छैन।”

स्थानीय उपभोक्ताहरूले सञ्‍चार सेवालाई आधारभूत आवश्यकता भन्दै तत्काल टावर मर्मत तथा ब्याट्री व्यवस्थापन गरी नियमित सेवा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार