एएफसी महिला एशियन कप छनोटमा नेपाल र लाओस खेल्दै !

काठमाडौँ : एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा आइतबार नेपालले लाओससँग खेल्दैछ। खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।

महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा लाओस एक सय सातौं स्थानमा छ । 

Seti Hospital

अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको चार दशकमा नेपाली महिला टोलीले लाओससँगको खेलबाटै एक सयौं खेल पूरा गर्दैछ । नेपाल रहेको समूह ‘एफ’ मा आयोजक उज्वेकिस्तानले पनि आइतबार नै श्रीलङ्कासँग खेल्दैछ ।

नेपालका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले शनिबार आयोजित खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोली शारीरिक र मानसिक रूपमा तयार रहेको बताएका छन् । सावित्रा भण्डारी साम्बाले पनि हरेक खेल महत्वपूर्ण हुने र पहिलो खेलदेखि नै राम्रो खेल्नुपर्ने बताएकी छन् ।

यस्तै नेपालले दोस्रो खेलमा असार १८ गते बुधवार श्रीलङ्का र समूह चरणको तेस्रो तथा अन्तिम खेलमा असार २१ गते शनिवार उज्वेकिस्तानसँग खेल्नेछ । 

महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार