धनगढीस्थित सेफ हाउसको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

धनगढी : धनगढीस्थित अल्पकालीन सुरक्षित आवास गृह (सेफ हाउस)को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाका उपप्रमुख तथा सेफ हाउसकी संयोजक कन्दकला रानाको संयोजकत्वमा समीक्षा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा सेफ हाउसमार्फत आर्थिक वर्ष २०८१/८२ प्रदान गरिएका सेवा र उपलब्धिको तथ्याङ्क सार्वजनिक गरिएको थियो । 

Seti Hospital

सेफ हाउसले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा सेफ हाउसमार्फत १ सय २२ जना महिला तथा बालबालिकाले सेवा लिएका छन् । ४ जना सेवाग्राहीलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सँगको समन्वयमा प्रतिव्यक्ति एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ भने दुई जनालाई धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित ‘महिलाको श्रमको सम्मान, आर्थिक सशक्तिकरणको अभियान’ को शनिबारीय महिला उद्यम बजारमा सहभागी गराइएको छ ।

त्यस्तै, ६ जनालाई व्यवसायमूलक सीपका लागि साथी संस्था, महेन्द्रनगरमा पठाइएको छ । १० जना सेवाग्राहीलाई व्यवसायमूलक सीपका लागि साथी संस्थाको सहयोगमा धनगढीमै सीप सिकाइरहेको सेफ हाउसले जनाएको छ । सेफ हाउसका अनुसार दुई जनालाई धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित सीप मेलामा सहभागी गराइएको छ भने तीन जना बालिकाहरुलाई अध्ययनका लागि रेफर गरिएको छ ।

त्यस्तै, एक जना शिशुलाई एसओएस बालग्राम लुम्बिनीमा रेफर गरिएको छ । दुई जनाको नागरिकता तथा तीन जनाको जन्मदर्ता बनाउन सहयोग गरिनुका साथै २७ जनालाई सेफ हाउसबाट कानूनी सहयोग (तीन जनालाई ओसिएमईसँग समन्वय गरी जाहेरी लेखिएको र दुई जनालाई जिल्ला बार एसोसिएसनको सहयोगमा कानूनी सहयोग गरिएको र बाँकी २२ जनालाई सेफ हाउसले सहयोग गरेको) गरिएको छ । 

कार्यक्रममा हिंसा प्रभावितलाई सुरक्षित आवास गृहले प्रदान गरेको मनोविमर्श परामर्श, स्वास्थ्य सेवा, कानूनी सहायता, सीप विकास र पुनर्स्थापनामा गरेको सहयोग तथा सेवा र रोडमा बेवारिसे बालबालिकाको जन्मदर्ता  तथा व्यवस्थापनमा देखिएका समस्या तथा चुनौतीका बारेमा छलफल गरिएको थियो । 

कार्यक्रममा उपप्रमुख कन्दकला रानाले हिंसा प्रभावितको आवश्यक सेवा तथा सहयोगका लागि सबैको समन्वय/सहकार्य आवश्यक रहेकोमा जोड दिएकी छिन् । उनले अन्य स्थानीय तहले सेफ हाउस सञ्चालनका विषयमा खासै तदारुकता नदेखाए पनि धनगढी उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताएकी छिन् । ‘हामीले हिंसा प्रभावित तथा बेवारिसे बालबालिकाको हितका लागि काम गरिरहेका छौँ ।’, उनले भनिन्, ‘अप्ठ्यारा र चुनौती थुप्रै छन् तर गर्नुपर्ने धेरै छ । सबै समस्या समाधान गर्दै व्यवस्थित ढंगबाट सेवा प्रवाह गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।’ 

त्यस्तै, समितिका पदाधिकारीहरुले हिंसा प्रभावितहरुको प्रभावकारी सेवा प्रदान गर्न र सेफ हाउसमा रहेका बेबारिसे बालबालिकाहरुको व्यवस्थापनका लागि सरोकारवाला निकायहरु संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् । छलफल तथा कार्यक्रममा धनगढी उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय कैलाली, जिल्ला प्रहरी कार्यालय, सञ्चारकर्मी तथा सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । 

२०७८ सालमा स्थापना भएको उक्त सेफ हाउसले हालसम्म ३ सय ५४ जना सेवाग्राहीलाई सेवा प्रदान गरेको छ भने देशभित्र तथा देश बाहिरबाट यस सुरक्षित आवास गृहमा आएका लैंगिक हिंसा प्रभावितहरुलाई आवश्यक सहयोग प्रदान गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार