बैतडी : बैतडीको मेलौली नगरपालिका न्यायीक समितिले आयोजना गरेको ८ दिने (४८ घण्टा) सामुदायिक मेलमिलाप सम्बन्धी आधारभुत तालिम सुरु भएको छ।
शुक्रबार आज मेलौली नगरपालिकाका नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक पार्वती बोहरा विष्ट र नगरपालिका नगर प्रमुख भीम बहादुर चन्द भुकम्प को समुपस्थितीमा कार्यक्रको उद्घाटन भएको शिक्षा युवा तथा खेलकुद शाखाका कम्प्युटर अपरेटर तथा न्यायिक समितीका उजुरी प्रशासक महेन्द्र सिंह नायकले जानकारी दिए ।
न्यायिक समितिका संयोक पार्वती बोहरा विष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्द, वडा नम्बर १ का वडा अध्यक्ष सरद सिंह नेगी,२ नम्बर वडा अध्यक्ष कृष्ण दत्त भट्ट, ५ नम्बर वडाका कार्यवाहक वडा अध्यक्ष प्रेम बहादुर चन्द लगायतको सहभागीता रहेको नायकले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख एवम् न्यायिक समितिका संयोजक पार्वती बोहराले स्थानीय स्तरका समस्या स्थानीय स्तरमा नै छिटो समाधान हुन भनेर तालिमको आयोजना गरीएको बताईन् ।
मेलमिलापको माध्यमवाट छिटो,छरितो तथा सरल प्रक्रियाबाट विवादको समाधान गर्न र विवाद समाधानको प्रकृयालाइ सहभागितात्मक ,कम खर्चिलो बनाई न्यायमा सर्वसाधारणको पहुँच वृद्धि गर्न मेलमिलापकर्ताको महत्त्वपूर्ण भुमिका रहने उनले बताईन् । उनले विवाद समाधानमा सहभागीहरूले तालिममा सिकेका कुरालाई आत्मासाथ गरी व्यवहारीक रुपमा काम गर्नुहुनेछ भन्ने विश्वस्त रहेको बताए ।
यसैगरी प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दले स्थानीय सरकारसंग हातेमालो गरेर विवाद समाधान गर्न मेलमिलापकर्ता लाई आग्रह गरे ।
स्थानीय स्तरमा हुने सानातिना झै–झगडा र बिवादहरुको मेलमिलापकर्ताहरुले सहजीकरण थप टेवा पुग्ने र उनले विवादको दिगो समाधान र विवादमा संलग्न पक्षलाई जीतको अनुभुति दिन मेलिलापको विकास भएको उल्लेख गर्दै मेलमिलाप गर्दा सामाजिक न्याय ,मानव अधिकार ,मौलिक हक र कानुनी अधिकारलाई ख्याल गर्नु पर्नेमा जोड दिए।उक्त तालिमको सहजीकरण अधिवक्ता दिपेन्द्र बहादुर चन्दले गरिरहनु भएको छ ।
प्रतिक्रिया दनुहोस्