सन्दीप लामिछाने र ललित राजवंशीले आईसीसी र्‍याङकिङमा मारे छलाङ

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टीट्वेन्टी अन्तर्राष्ट्रिय वरीयतामा छलाङ मारेका छन्।

टीट्वेन्टी बलरतर्फ लेग स्पिनर सन्दीप लामिछानेले एकैपटक ४१ स्थान सुधार गर्दै ७५औं स्थानमा उक्लिएका छन्। उनले स्कटल्यान्डमा भएको टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखलाको चार खेलमा नौ विकेट लिएका थिए। 

Seti Hospital

यसैगरी बायाँहाते स्पिनर ललितनारायण राजवंशी पनि एकै पटक २९ स्थान सुधार गर्दै ५४औं स्थानमा उक्लिएका छन्। उनले स्कटल्यान्डमा भएको शृंखलामा चार विकेट लिएका थिए। यस्तै बलरतर्फ दीपेन्द्रसिंह ऐरी ८१औं स्थानमा छन्। उनी अघिल्लो वरीयताभन्दा एक स्थान खस्किएका छन्। ललित राजवंशीले एकदिवसीय बलरको वरीयतामा पनि पाँच स्थान सुधार गर्दै ४८औं स्थानमा छन् भने एक स्थान सुधार गरेका सन्दीप लामिछाने ५४औं स्थानमा छन्।

टीट्वेन्टी अलराउन्डरतर्फको वरीयतामा दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत छन्। टीट्वेन्टी अलराउन्डरतर्फ भारतका हार्दिक पान्ड्या शीर्ष स्थानमा छन् भने दोस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिक्स छन्। यस्तै कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ३२औं स्थानमा उक्लिएका छन्। टीट्वेन्टी अलराउन्डरतर्फ आठ स्थान खस्किएका गुलसन झा ६१, पाँच स्थान खस्किएका कप्तान रोहितकुमार पौडेल ६६, ६ स्थान तल झरेका कुशल मल्ल ६८ र एक स्थान खस्किएका करण केसी ८१औं स्थानमा छन्। 

यस्तै एकदिवसीय अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरी ५४, सोमपाल कामी ५६, सन्दीप लामिछाने ५९, करण केसी ६५, कुशल मल्ल ७४, ललितनारायण राजवंशी ८२, गुलसन झा ९२ र आरिफ शेख ९९औं स्थानमा छन्। एकदिवसीय ब्याटिङतर्फ भने कुशल भुर्तेल ८७, आरिफ शेख ९०, आसिफ शेख ९४ र कप्तान रोहित पौडेल ९९औं स्थानमा छन्। 

टीट्वेन्टी ब्याटिङमा दीपेन्द्रसिंह ऐरी ६१, दुई स्थान तल झरेका कप्तान रोहित पौडेल ६६, दुई स्थान खस्किएका आसिफ शेख ७८ र १० स्थान सुधार गरेका कुशल भुर्तेल ८३औं स्थानमा छन्। नेपाल टीट्वेन्टी अन्तर्राष्ट्रिय  वरीयताको १८औं स्थानमा छ भने एकदिवसीय वरीयतामा १७औं स्थानमा छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार