काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । बोर्डले यही असार तेस्रो साताभित्र रिजल्ट निकाल्ने भएको हो ।
यसपटक पनि एसईईको रिजल्ट वेबसाइट, एसएमएस र आईभीआरबाट सार्वजनिक गरिने बोर्डले जनाएको छ । बोर्डका अनुसार त्यसनिम्ति २० वटा फर्म तथा संस्थाहरुलाई अनुमति दिइएको छ ।
जसअनुसार एसएमएस र आईभीआरबाट नतिजा प्रकाशन गर्न नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, आकाश टेक प्रालि, स्विफ्ट टेक्नोलोजी प्रालि र अल स्टार आईटी सोलुसन्स प्रालिले स्वीकृति पाएका छन् ।
यस्तै, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन्स, इडियु सञ्जाल प्रालि, इसेवा, खल्ती, कलेज इन्फो नेपाल, द कनेक्ट प्लस, बाह्रखरी मिडिया, कलेजेज नेपाल, एनसेल, स्विफ्ट टेक्नोलोजी, निमा एजुकेसन फाउण्डेसन र स्मार्टकार्ड नेपालले वेबसाइटबाट रिजल्ट प्रकाशनका निम्ति अनुमति पाएका छन् ।
गत चैत ७ गतेदेखि सञ्चालित एसईई परीक्षामा पाँच लाख बढी विद्यार्थी सहभागी भएका थिए । बोर्डले असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएकोमा शिक्षकहरुको एक महिने आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा ढिलाई भएको हो ।
प्रतिक्रिया दनुहोस्