बैतडीको शिवनाथ र दोगडाकेदारमा भेटियो मकैमा फौजी किरा

बैतडी : बैतडीको शिवनाथ र दोगडाकेदार गाउँपालिकामा मकैमा फौजी किरा देखिएको छ। यहाँको प्रमुख खाद्यबालिका रुपमा रहेको मकैमा अमेरीकन फौजी किरा देखिएको कृर्षि ज्ञान केन्द्र बैतडीले जनाएको छ।

फौजी किराले मकैबालि सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन। लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढि सक्रिय भएको कृर्षि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताउनुभयो।

Galaxy

फौजी किरा दिनभरी मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाड, पात र टुप्पो खाएर सखाप पार्ने गर्दछ। फौजी किरा देखिएपछि किसानहरुलाई बिषादी छर्कन सुझाव दिईएको छ। तर कृर्षि ज्ञान केन्द्रसगं बिषादी अभाव रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार