बैतडीको शिवनाथ गाउँपालिकाको (१५औँ अधिवेशन) नीति तथा कार्यक्रम सार्वजनिक

बैतडी : बैतडीको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको १५औँ अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो।

गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले ‘हाम्रो शिवनाथ, हामी बनाउँछौँ’ भन्ने नारासहित शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको बताए। पालिकाभित्र बोलिने भाषाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले व्याकरण लेखन र प्रकाशनको व्यवस्था गरिने उल्लेख गरिएको छ।

गाउँपालिकालाई पूर्णसंस्थागत सुत्केरी पालिका घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। ‘एक वडा, एक खेलमैदान’को नीतिलाई निरन्तरता दिइने जनाइएको छ।

आगामी वर्षमा गाउँपालिकाका छ वटा वडालाई बालमैत्री घोषणा गरिसक्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। स्थानीयको खानेपानीमा पहुँच पु¥याउन आवश्यक नीति लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए। ‘न्यायिक समितिको कामलाई प्रविधिमैत्री बनाउने र कृषितर्फ विभिन्न कार्यक्रममा अनुदान दिने उल्लेख गरिएको छ’, उनले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार